बैतडीमा हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार
बैतडी । बैतडीमा हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उनलाई सुर्खेत लगिएको हो । आइतबारदेखि सुत्केरी व्यथा लागेर बिन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पु¥याउन चार घण्टा बोकेर लैजानुपर्ने, सो समयसम्म अत्यधिक रक्तश्राव हुने खतरा रहेकोले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया