दमकलमा दक्ष जनशक्तिको अभाव हुँदा आगो नियन्त्रणमा कठिनाई
नेपालगञ्ज । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा आगो नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए ।
‘कहिलेकाँही हाम्रो पानी भर्न स्टेशनमा आउँदा ठूलो क्षति भइसकेको अवस्था हुन्छ’ उनले भने, नेपालगञ्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती भइरहेको त्यसमा संलग्न व्यक्तिले गुनासो गरेका छन् । एउटा दमकलका लागि कम्तीमा ६ जनाको जनशक्ति आवश्यक हुनुपर्नेमा नेपालगञ्जका तीन दमकलका लागि पाँच स्थायी र सात अस्थायी कर्मचारीमात्रै रहेको प्रमुख खडकाले जानकारी दिए ।
सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले नेपालगञ्जमा अग्नि नियन्त्रणको अवस्था, अग्नि नियन्त्रणमा देखिएका बाधाको विषयमा अध्ययनसमेत गरिरहेको छ । परियोजनाका प्रमुख शिव सुवेदीले साँघुरा बाटो र घना बस्तीले दमकलको आवतजावतमा कठिनाइ भएको उल्लेख गर्दै दमकलको पानी भर्ने स्टेशन नहुँदा त्यसले अग्नि नियन्त्रणमा ढिलाइ हुने बताए ।
उनले दमकलले भारतसम्म सेवा दिएको काम प्रशंसनीय भएको बताउँदै अग्नि नियन्त्रणका केही असल अभ्याससमेत भएको उल्लेख गरे । बाँकेका अधिकांश स्थानीय तहमा दमकल छैनन् । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल रहेको छ । बाँकेमा आठ स्थानीय तह छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया