सुकुमेल आयातमै बाहिरियो ७२ करोड, १४ करोडको राजश्व संकलन
कठमाडौं । आर्थिक वर्ष ७८/७९ मा नेपालमा ७२ करोडभन्दा बढी मूल्यको सुकुमेल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार एक वर्षमा ७२ करोड ४६ लाख ५६ हजार रुपैयाँको ४ लाख ६७ हजार ३४८ केजी सुकुमेल आयात भएको हो ।
उक्त आर्थिक वर्षमा सो मूल्य बराबरको सुकुमेल आयात गर्दा सरकारले १४ करोड ८४ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
नेपालमा अमेरिकी राष्ट्र ग्वाटेमाला र भारतबाट सुकुमेल आयात हुँदै आएको छ । विभागका अनुसार १२ महिनामा सबैभन्दा बढी ग्वाटेमालाबाट सुकुमेल आयात भएको छ । तथ्यांकअनुसार उक्त देशबाट १२ महिनामा ४६ करोड ४० लाख ७५ हजार रुपैयाँको ३ लाख केजी सुकुमेल आयात भएको छ ।
त्यस्तै छिमेकी मूलुक भारतबाट २६ करोड ५ लाख ८१ हजार रुपैयाँको एक लाख ६७ हजार ३४८ केजी सुकुमेल आयात भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया