सुकुमेल आयातमै बाहिरियो ७२ करोड, १४ करोडको राजश्व संकलन

कठमाडौं । आर्थिक वर्ष ७८/७९ मा नेपालमा ७२ करोडभन्दा बढी मूल्यको सुकुमेल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार एक वर्षमा ७२ करोड ४६ लाख ५६ हजार रुपैयाँको ४ लाख ६७ हजार ३४८ केजी सुकुमेल आयात भएको हो ।
उक्त आर्थिक वर्षमा सो मूल्य बराबरको सुकुमेल आयात गर्दा सरकारले १४ करोड ८४ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
नेपालमा अमेरिकी राष्ट्र ग्वाटेमाला र भारतबाट सुकुमेल आयात हुँदै आएको छ । विभागका अनुसार १२ महिनामा सबैभन्दा बढी ग्वाटेमालाबाट सुकुमेल आयात भएको छ । तथ्यांकअनुसार उक्त देशबाट १२ महिनामा ४६ करोड ४० लाख ७५ हजार रुपैयाँको ३ लाख केजी सुकुमेल आयात भएको छ ।
त्यस्तै छिमेकी मूलुक भारतबाट २६ करोड ५ लाख ८१ हजार रुपैयाँको एक लाख ६७ हजार ३४८ केजी सुकुमेल आयात भएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया