कांग्रेसको चुनावलक्षित अभियानमा खटिए केन्द्रीय प्रतिनिधि, ७७ वटै जिल्ला कुनमा को ?

काठमाडौं । ४ मंसिरमा हुने १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभाको चुनावलाई लक्षित गर्दै कांग्रेसले जिल्लाजिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले ७७ वटै जिल्लामध्ये ७५ वटामा पठाउने केन्द्रीय प्रतिनिधि टुंग्याएकाे छ ।
केन्द्रीय सदस्यसहितका नेताहरूलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ । कांग्रेसले तीन चरणमा हुने अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको हो ।
प्रतिनिधिले पार्टीको जिल्ला तहसँग समन्वय गरेर पार्टीको अवस्था गर्नुपर्ने सुधार, गठबन्धन दलबीच समन्वय गराउने, पार्टीको वस्तुस्थिति बुझ्नेसहितका काम गर्नुपर्नेछ ।
के–के हुनेछन् तीन चरणमा ?
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार चुनावलक्षित यस्तो अभियान तीन चरणमा हुनेछ । भदौ १० देखि २४ भदौ (बिपी जयन्ती)सम्म पहिलो चराण्को अभियान हुनेछ ।
समानुपातिक उम्मेदवारी दर्ता भएपछि दोस्रो चरणको कार्यक्रम राखिएको छ । चुनावको अन्तिम तयारीका लागि प्रत्यक्ष उम्मेदवारी दर्ता भएपछि चुनावी प्रचारलक्षित कार्यक्रम तेस्रो चरणमा हुनेछ ।
२०७४ को चुनावमा एक्लै लड्दा कमजोर देखिएको कांग्रेस यसपटक माओवादी, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलसँग मिलेर चुनाव लड्दैछ । यसैले गठबन्धन दलबीचको सम्बन्ध र सहकार्यलाई प्राथमिकतामा राखेर अभियान अन्तर्गतका कार्यक्रम गर्न पनि कांग्रेसले निर्देशन दिएको छ ।
कार्यदल र शीर्ष तहमा छलफल भइरहे पनि अहिलेसम्म चुनावी तालमेलको खाका आइसकेको छैन । तर सबै जिल्लामा चुनावी तयारी गर्ने गरी कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको हो । आफ्ना उम्मेदवार जिताउने मात्रै होइन माओवादी र नेकपा एससहितका उम्मेदवार जिताउने बढी जिम्मेवारी पनि कांग्रेसकै काँधमा छ ।
काे कहाँ खटिए ?
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया