NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

सरकार देश बनाउन र निजी क्षेत्र लुट्न बस्या होइन

नेपालको शिक्षा नीतिले मागेको शिक्षा दिने आधारहरू छैन । विशेषत मेरो २२ वर्ष उच्च शिक्षामा बित्यो । त्यो कारणले म उच्च शिक्षामा मात्र कुरा राख्छु । नेपाललाई आफ्नो दिशा र दृष्टि के हो ? हाम्रो नेपालको आकांक्षा के हो ? नेपालमा शिक्षाको भूमिका कस्तो हुनुपर्छ भन्ने कुराको स्पष्टता मैले देखेको छैन ।

हाम्रो नीतिमा प्रष्टता छैन । विशिष्टरुमा हाम्रो एकीकृत लक्ष्य नै छैन । अर्को इन्ट्रिग्रेटेड लिडरसिप छैन तर उच्च शिक्षा हाम्रो प्रयोगमा चाँहि छ । मिनिस्ट्री (मन्त्रालय) छ । त्यस्तै विश्वविद्यालयहरू छन् । अर्को योजना आयोग छ । यहाँ धेरै ठूलो कन्फ्युजन र कोअरडिनेशनको कमी छ । त्यहि भएर मैले युनिफाइड लिडरसिप र भिजन छैन भनेको हुँ । हाम्रो राष्ट्रिय आकांक्षा छैन । हाम्रो पाठ्यक्रम समाज सान्दर्भिक छ त समाजमा ? हाम्रो पाठ्यक्रम कस्तो छ भन्दा विदेशमा लेखेको किताब छ । म शिक्षक भए विदेशमा लेखेको किताब मैंले पढेको छु, म विद्वान भएँ । र विद्यार्थीलाई पनि परीक्षामा के सोधिन्छ भन्ने थाहा छ । के सही भन्दा कि शिक्षकले भनेको सही कि किताबमा लेखेको सही ।

परीक्षामा ठ्याक्क आउँछ प्रश्न ४ मा ४ ल्यायो । पाठ्यक्रम बाहिर छ साथै असान्दर्भिक छ । किताबमा जे छ त्यही आउँछ । यसले देशको समस्या समाधान गर्छ त मेरो रिर्सोसलाई चिन्छ त ? तालिममा एपेन्डिक्सहरू नाम मात्रैका छन् । दोस्रो विधिको कुरा आएको छ । अहिलेको विधि भनेको माथिदेखि तलसम्मको दिशाहीन छ ।

शिक्षकले भन्ने विद्यार्थीले सुन्ने र नोट गरेर लेख्ने । मैंले पढ्दा नोट हुन्थ्यो अहिले पावर पोइन्ट छ । धेरै ठूलो प्रगति छ त्यहि हो हाम्रो प्रगति ? मारर्जिनल चेन्जेज र इमप्लिमेन्ट्सहरू भएको छ । पहिला नोटमा थियो, अहिले पावर पोइन्टमा आएको छ । मूल्यांकन कस्तो छ भन्दा हामी के सोधिरहेका छौं भने तिमीले कुन समस्या समाधान गर्न सक्छौं ? तर तिमीले के सिक्यौ भन्ने छैन । तिमीले के लेख्न सक्छौं भन्ने छ । लेखेको तथा मैंले भनेको कुरा जस्ताको तस्तै उतार्न सक्छौं भन्ने छ । त्यसले कुनै समस्या समाधान हुँदैन । हाम्रो पाठ्यक्रमसँग आफ्नो समुदायको ज्ञान, स्रोत, प्रविधिबाट सिकेको हो त ? होइन ।

यसलाई के गर्ने भन्दा इनोभेट गर्ने हो । त्यो भनेको संसारभरी समाज परिवर्तन भयो । हामीले २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना गर्यौं । आज नयाँ विश्वविद्यालय बनाउन खोज्यौं भने पनि हामी त्यही ढाँचामा बनाउँछौं । विश्वविद्यालय भन्नेबित्तिक ठूलो जग्गा, धेरै संकाय र लाखौं विद्यार्थी पढ्नुपर्छ भन्ने छ । अर्को विश्वविद्यालय कसरी खोलिन्छभन्दा कि हामी पोलिटिकल्ली राम्रो र धनी हुनुपर्यो । विश्वविद्यालय खोल्न सजिलो हुनुपर्यो । हाम्रो भनाइ छ किङ्स कलेज जस्तो संस्थाले म उद्यमशीलता मात्र पढाउँछु, हजार विगाहामा संस्था खोल्दिन । लाखौं विद्यार्थी पढाउँदिनँ र म कुनै अमेरिकन विद्यालयसँगसम्बद्ध हुँदा त्यसको नियन्त्रण, नियमन र पैसा पनि तिर्नु हैन । तपाईं विदेशीलाई मात्र विश्वास नगर्नुस नेपाली नागरिकलाई पनि विश्वास गर्नुस् । हामी स्वायत्त कलेज खोल्न सक्छौं ।

सरकारको पक्षको कुरा गर्दा हाम्रा विश्वविद्यालयहरू कसरी चलिरहेका छन् भन्ने पनि प्रश्न छन् । विश्वविद्यालय कसरी खुलेभन्दा पोखरा विश्वविद्यालय खुल्यो । पोखरा क्षेत्रलाई समर्थन गर्न भयो । केभन्दा पोखरा विश्वविद्यालयले पनि काठमाडौंमा अफिलेसन दिने, मध्यपश्चिमबाट पनि काठमाडौंमैं दिने । त्यसैले मेरो जोडदार माग अफिलेसन प्रणालीलाई खारेज गरौं । यसमा मेरो गम्भीर ध्यानाकर्षण छ ।

अवसर दिलाउने शिक्षा

साँच्चै भन्नुपर्दा नेपालको बुझिसक्नु छैन । सिटीभिटि अहिले भएको हैन । सरकारले फ्रि बनाइदिएको पूर्वाधारहरू थाहा छ । सरकारमा हुनेलाई पनि थाहा छ, मन्त्रीलाई थाहा छ । हामी जालोमा फसेका छौं । मैले बुझेको म निजी क्षेत्रमा भएकोले आफूले सकेको ठाउँमा आफूले गर्ने हो । यो भन्दा ठूलो उत्तर खोज्न नसकिने रैछ भन्ने मेरो बुझाइ छ । किनभने, शिक्षालाई आइसोलेसनमा हेर्न मिल्दैन । उद्योग यता छ, सरकार छ रोजगार नपाउने भए उसले पैसा तिरेर किन पढ्न आउँछ ? उद्योगसँग मिल्नु पर्यो । उच्च शिक्षा, उद्यमशीलता, अनुसन्धानका लागि बजेट चाहियो । नेपालमा सीपमा सानो कामले काम गर्छ जस्तो लाग्छ । प्लम्बर, इलेक्ट्रिसियन कोही पनि सर्टिफाइड छैनौं । त्यही भएर इनार सफा गर्दा मान्छे मर्यो भन्छ । सर्टिफिकेसनबिना यो काम गर्न पाइदैन भनेर सरकारले नियम बनाएर इनर्फोस गर्दिनुपर्छ । संसारको कुनै पनि ठाउँमा अर्काको शरीर छुन ६ महिनाको विज्ञान नपढी पाइँदैन । यहाँ जे गर्न पनि छुट छ जसले जे गर्दा भयो । सर्टिफिकेसन गर्नुपर्छ भन्ने छ तर यो बिना कसैले कसैको काम गर्न पाउँदैन भन्ने छैन् ।

दोस्रो कुरा २००९ देखि नेपालमा वर्षेनी सरकारको रिर्पोट आउँछ । हाम्रो धेरै लेबर कामको लागि बाहिर जाने मान्छे उहाँहरूलाई अलिकति पनि सीप दिएदेखि एक उहाँहरूले त्यहाँ काम फेर्नु पर्दैन । दोस्रो हाम्रो आय बढी हुन्छ । सरकारले तालिम नभई जान नपाउने भनेर नियम बनायो । तर तालिमको प्रमाणपत्र किन्न पाइने भयो । यो एकदम जटिल छ । सुशासनको पाटो ठूलो देखियो । जसले गर्दा यो जालबाट अगाडि नबढेसम्म यस्ता समस्या आउँछ । प्रभावकारी नियन्त्रणमा सरकारले अग्रसरता देखाउनुपर्छ ।

शिक्षाको हब बनाउन के गर्ने ?

पहिला हामी इमान्दार छौं भनेको कुरामा र देशलाई आवश्यक भएको कुरामा जोड दिनुपर्छ । एक समुदाय, शिक्षा र उद्यमशीलतामा जोड दिनुपर्यो । केही गर्ने क्षमता विकास गर्ने, हाम्रै स्रोतलाई चिन्नुपर्यो, शिक्षाले स्रोतलाई चिनाएको छैन । काठमाडौंको ठूलो ट्रेजर्सहरू, आर्किटेक्ट, यहाँको संस्कृतिले हाम्रो पाठ्यक्रमलाई चिनाएको छैन । त्यसैले समुदाय, शिक्षा र उद्यमशीलता एक ठाउँमा ल्याउनपर्छ । दोस्रो यहाँ निजी क्षेत्र र सरकार छैन । यो देश मेरो पनि हो र ब्यूरोक्याटको पनि हो । ब्यूरोक्रेसीमा बस्नेले बढी माया गर्ने मैंले कम माया गर्ने भन्ने मानसिकता होइन । कुर्सीमा बसेपछि उहाँहरूले देश बचाउने र हाम्री लुट्न बस्या होइन । यो न्यारेटिभ परिवर्तन गर्नुपर्यो । देशको आकांक्षा हुनुपर्यो । त्यसको वरपर सुदृढ प्रणाली विकास गर्नुपर्यो । नेतृत्वले यस्ता विषयमा सुधार नगरेसम्म देश अघि बढ्दैन ।

सबै सार्वजनिक, निजी क्षेत्र मिलेर एउटा प्रेरणा दिनुपर्छ । नेपालको आफ्नै अलग मत र मान्यता हुनुपर्छ । यस्तोलाई कार्यान्वयन गर्ने गर्नसक्ने खुबी देखाउनुपर्छ । ग्लोबल पार्टनरसिप गर्नुपर्यो, गुणस्तरीय विद्यालय हुनुपर्यो । घर भित्रै पहिला सम्हालिनुपर्यो । सानो बाट सुरू गरेर हामी महत्वपूर्ण सुधारमा जानुपर्छ । त्यसमा पुग्नसक्यौ भने नेपाललाई शिक्षाको हब बनाउने आकांक्षा पूरा गर्न सक्छौं ।

नरोत्तम अर्याल, निर्देशक किङ्स कलेज