काठमाडौं महानगरले माग्यो यी चार दीर्घरोगी बिरामीको विवरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले मृगौला प्रत्यारोपण ,डाइलासिस, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीको विवरण माग गरेको छ।
महानगरले सरकारले तोकेको औषधि, उपचार खर्च दिनका लागि सूचना जारी गरी यस्ता बिरामीको विवरण माग गरेको हो । महानगरको साउन ३१ गते भएको निर्णयअनुसार विवरण माग गरेको जनाएको छ । महानगरका अनुसार, महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा, सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएकाले मात्रै उक्त रकम पाउनेछन्।
आर्थिक वर्ष २०७८ ०७९ को बजेटमा मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार औषधि खर्च दिने व्यवस्था गरिएको थियो।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया