काठमाडौं महानगरले माग्यो यी चार दीर्घरोगी बिरामीको विवरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले मृगौला प्रत्यारोपण ,डाइलासिस, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीको विवरण माग गरेको छ।
महानगरले सरकारले तोकेको औषधि, उपचार खर्च दिनका लागि सूचना जारी गरी यस्ता बिरामीको विवरण माग गरेको हो । महानगरको साउन ३१ गते भएको निर्णयअनुसार विवरण माग गरेको जनाएको छ । महानगरका अनुसार, महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा, सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएकाले मात्रै उक्त रकम पाउनेछन्।
आर्थिक वर्ष २०७८ ०७९ को बजेटमा मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार औषधि खर्च दिने व्यवस्था गरिएको थियो।

ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया