NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

हेलिकप्टरभित्रै पुत्र लाभ !

काठमाडौं । गोरखाको आखिरी गाउँ निलेकी ३४ वर्षीया याङ्जेन लामा लगालग आठ दिन सुत्केरी बेथाले थलिइन् । आठ दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि उनका श्रीमान् ग्याम्जोले आइतबार ४ बजे नेपाली सेनाको हेलिकप्टर झिकाए । साढे ४ बजेतिर उनलाई हेलिकप्टरले काठमाडौं पुर्यायो ।

संयोगवश उनलाई बोकेको हेलिकोप्टर एयरपोर्टमा ल्याण्ड हुनु र उनले छोरा जन्माउनु एकैसाथ भयो ।

हेलिकोप्टरभित्रै पुत्र लाभ भएपछि ग्याम्जोले याङ्जेनकी आमाछोरालाई थापाथलीस्थित प्रसूति गृहमा पुर्याएका छन् ।

यसअघि याङ्जेनका चारवटा सन्तान थिए । एक जनाको मृत्यु भइसकेको छ । सोही हेलिकोप्टरमा चुमनुब्री गाउँपालिका ७ बुर्जीकी अर्की २८ वर्षीया गर्भवती धेजेन साङ्मोको पनि उद्धार गरिएको छ, अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।