केन्यासँग टी २० सिरिजको निर्णायक खेल खेल्दै नेपाल
काठमाडौं । सिरिज जित्न कमजोर लक्ष्य पछ्याउँदा पनि केन्यासँग पराजित भएको नेपालले आज सिरिजको अन्तिम र निर्णायक खेल खेल्दैछ ।
सोमबार नेपाल १०२ रन पछ्याउँदा पनि ७ रनले पराजित हुन पुगेको थियो । सन्दीप लामिछानेको टी २० मा ४ ओभर ९ रन ५ विकेटको महत्वपूर्ण प्रदर्शन पनि खेर गएको खेलमा नेपालले लज्जास्पद पराजय बेहोरेको हो ।
अघिल्लाे दिनमात्रै नेपालले १५७ रन पछ्याउँदा पनि सहज जित हात पारेकाे थियाे । तर भाेलिपल्टै १०२ रनकाे लक्ष्यमा पनि नेपाल चुक्याे ।
रोहित पौडेलबाहेकका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा नेपालले शर्मनाक पराजय बेहोरेको हो । जसले आइसकेको सिरिज पनि गुम्ने जोखिम बढाएको छ ।
कम लक्ष्यमा पनि नेपाललाई रोक्न सकेको केन्याको भने मनोबल बढेको छ । तर सधैंझै नेपालको ब्याटिङको चिन्ता फेरि पनि बढेको छ ।
खेल नेपाली समय अनुसार दिउसो पौने चार बजे सुरु हुनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया