प्रधानन्यायाधीश राणाले समितिको औचित्यमाथि नै प्रश्न उठाएपछि सांसदहरू आक्रोसित
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग सिफारिस समितिले सोधिएको प्रश्न नै औचित्यहीन भएको बताएपछि सांसदहरू र राणाबीच सवालजवाफ भएको छ ।
राणामाथि लागिएको अभियोगको प्रश्नको जवाफ दिन राणा बिहीबार पनि समितिको कार्यालय सिंहदरबार पुगेका थिए । प्रधानन्यायाधीश पूर्णतः असफल भएको आरोपको विषयमा सोधिएको प्रश्नको उत्तरमा राणाले ओचित्यहीन प्रश्न भनेका थिए ।
राणाको जवाफपछि आक्रोसित भएका सांसदहरूले समितिको प्रश्नमाथि प्रश्न उठाएको भन्दै सदस्य कल्याणी खड्काले विरोध गरेकी थिइन् ।सांसदले विरोध जनाएपछि राणाले आफूमाथि लागेको आरोपको प्रश्नको उत्तर दिएका थिए ।
‘आफूले कसैमाथि आरोप लगाउन नभइ तत्कालीन तथ्यका आधारमा बोलेको हुँ’, राणाले जवाफ फर्काए ।
राणामाथि लागेको आरोपको प्रश्नको जवाफ बाँकी नै रहेकाले उनलाई आइतबार पुनः बयानका लागि बोलाइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया