रुसी तेल कम्पनीका मालिकको अस्पतालको छैटौं तलाबाट खसेर मृत्यु

काठमाडौं । रुसको विशाल तेल कम्पनीका मालिकको अस्पतालको झ्यालबाट खसेर निधन भएको छ ।
तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित सेन्ट्रल क्लिनिकल अस्पतालको झ्यालबाट खसेर मृत्यु भएको हो ।
सेन्ट्रल क्लिनिकल त्यस्तो अस्पताल हो जहाँ रुसका राजनीतिक तथा व्यापारिक क्षेत्रका कुलीन वर्गका मानिसहरूले उपचार गर्छन् ।
सोभियत नेता मिखाइल गोर्बाचोफको पनि त्यही अस्पतालमा केही दिनअगाडि निधन भएको थियो ।
बिहीवार बिहान गोर्बाचोफको कफिनमा फूल चढाउन पुटिन त्यहाँ पुगेका थिए।
समाचारहरूमा जनाइएअनुसार, ६७ वर्षीय म्यागानोभ झ्यालबाट खसेर गम्भीर घाइते भएकामा चिकित्सकले उनलाई बचाउन सकेनन् ।
रुसी समाचार संस्था तासले सुरुमा उनी अस्पतालको छैटौं तलाबाट खसेको जनाएको थियो । तर पछि आत्महत्या भएको उल्लेख गरेको छ ।
रुसमा चर्चित व्यापारीहरूको रहस्यमय ढंगले मृत्यु भइरहेको छ । यहीबीच भएको म्यागानोभको मृत्युबारे पनि विभिन्न आशंका गरिएको छ ।
ताजा अपडेट
-
धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन
-
सम्पत्ति शुद्धीकरण मामिलामा खैरो सूचीबाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने
-
नेपालको कर्मचारीतन्त्र सुधारका लागि विशिष्टीकृत सेवा आवश्यक हो ?
-
विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने
-
यस्तो छ राष्ट्र बैंकले आज सार्वजनिक गरेको नयाँ मौद्रिक नीति (पूर्णपाठ)
प्रतिक्रिया