NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चीन भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ४६ पुग्यो, ५० हजारको उद्धार

काठमाडाैं । चीनमा सोमबार गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । कैयन् घाइते छन् ।

शक्तिशाली भूकम्पको धक्काले धेरै भवनहरू भग्नावशेषमा परिणत भएका छन् । भवनका त्यस्ता भग्नावशेषमध्ये कतिपयमा मानिस फसेको बताइएको छ ।

सिचुवानलगायत कतिपय स्थानको सडक आवागमतसमेत प्रभावित भएको छ । सडक माथिबाट सडकमा ढुंगा खसेपछि आवागमन प्रभावित बनेको हो ।

गन्जी र यानमा फसेका ५०,००० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। उद्धारका लागि सिचुआनमा मात्रै ६५०० भन्दा उद्धारकर्ता, चार हेलिकप्टर र दुई मानवरहित हवाई बाहनहरू परिचालन गरिएको छ । यसबाहेक दमकलमा ११ सय टोली परिचालन गरिएको छ । अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले उद्धार र राहत कार्यमा सहयोग गर्न ५ करोड युआन (लगभग ७.२५ मिलियन अमेरिकी डलर) आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

प्रान्तीय सरकारले गान्जीलाई ५ करोड युआन पनि विनियोजन गरेको छ । भूकम्पको केन्द्रविन्दु रहेको लुडिङ काउन्टीमा ३ हजार टेन्ट र १० हजार फोल्डिङ बेडसहित राहत सामग्री विनियोजन गरिएको समाचारहरूमा जनाइएको छ ।

लुडिङ काउन्टी केन्द्रबिन्दु भएर गएको भूकम्प ६.८ म्याग्निच्युड मापन गरिएको छ । चीनमा सन् २००८ मा पनि ८.२ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा ६९ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।