NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

मनकामना केबलकार २५ गतेदेखि सञ्चालनमा आउने

काठमाडौं । मनकामना केवलकार भदौ २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि साउन २३ गतेदेखि केबलकार बन्द रहेको थियो ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्ट्स पुर्जा फेरिएको जनाएको छ । केबलकारको महत्वपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फेरिएको, गिएर बक्सको चेक तथा अलायन्मेंट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्ट्स फेर्ने कार्य पनि सकिएको कम्पनीले जनाएको छ ।

साथै हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्यका अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएकाले अब केवलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

मनकामना केबलकार केही समयको लागि बन्द हुने

ताजा अपडेट

नेपालवाच विशेष