मनकामना केबलकार २५ गतेदेखि सञ्चालनमा आउने
काठमाडौं । मनकामना केवलकार भदौ २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि साउन २३ गतेदेखि केबलकार बन्द रहेको थियो ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्ट्स पुर्जा फेरिएको जनाएको छ । केबलकारको महत्वपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फेरिएको, गिएर बक्सको चेक तथा अलायन्मेंट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्ट्स फेर्ने कार्य पनि सकिएको कम्पनीले जनाएको छ ।
साथै हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्यका अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएकाले अब केवलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया