न्यायाधीशको संक्षिप्त सूचीमा परेका ९६ विरुद्ध उजुरी आह्वान
काठमाडौं । उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको संक्षिप्त सूचीमा परेका ९६ विरुद्ध उजुरी आह्वान भएको छ ।
न्याय परिषद्ले बुधबार एक सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका उच्च अदालतका मुख्य न्यायाधीशतर्फ १५ र न्यायाधीशतर्फ ८१ जनाविरुद्ध उजुरी आह्वान गरेको हो ।
न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७६ को दफा ६ अनुसार उजुरी आह्वान गरेको परिषद्ले जनाएको छ । उजुरी सचिवालयको इमेल ठेगाना ……..मा गर्न सकिनेछ ।
न्याय परिषद्ले मंगलबार उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशको संक्षिप्त सूचीमा परेकाको छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । संविधानमा न्यायाधीशको छनोटपूर्व तिनको इमान्दारिता, सदाचार, व्यावसायिकता, पारदर्शितालगायत पाटोको परीक्षण गर्न सार्वजनिक रूपमा उजुरी आह्वान गर्नुपर्ने प्रावधान छ ।


ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया