मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कर्णाली । कर्णाली प्रदेशको मुुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताए ।
जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगु मकार्मा रोङ्ग गाउँपालिकालाई यसअघि पूर्णखोप सुनिश्चितता घोषणा गरिएकाले सोही आधारमा जिल्लालाई पनि घोषणा गरिएको उनको भनाइ छ ।
घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही, मुगु मकार्मा रोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालगायत सहभागी थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया