राष्ट्रपतिलाई प्रचण्डको सुझाव : नागरिकता विधेयकमा प्रमाणित नगरे राजीनामा दिनोस्
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिन सुझाएका छन् ।
माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले शुक्रबार पाेखरामा गरेको कार्यक्रममा उनले दुवै सदनले पारित गरेको विधेयक रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको बताए ।
‘मलाई विश्वास छ, उहाँले नागरिकता विधेयक प्रमाणित गर्नुहुन्छ’, उनले भने, ‘यदि प्रमाणित गर्नुभएन भने उहाँ विरुद्ध अदालतमा मुद्दा लाग्न सक्छ। नभए उहाँले पदबाट राजीनामा दिनुपर्छ ।’
राष्ट्रपतिले ओली सरकार हुँदा एउटा व्यवहार र ओलीबाहेको सरकार हुँदा अर्को व्यवहार गरेको उनले आरोप लगाए ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया