महाकालीमा बाढी, दर्जनौं घर बगे, २ को मृत्यु, एकै घरका ४ सहित ६ बेपत्ता
काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी दार्चुलामा दुई जनाको मृत्यु भएको छ । एकै परिवारका चारसहित ६ जना बेपत्ता छन् भने दर्जनौं घर बाडीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार, महाकाली नदी र लास्कु खोलामा आएको बाढीले अहिलेसम्म दर्जनौं घर बगाइसकेको छ । कैयन् जोखिममा छ । त्यसैगरी, डुङुरीस्थित लास्कु खोलामा आएको बाढीले एकै घरका चार जना बेपत्ता बनेका छन् ।
उता, नौगाडमा आएको बाढी र पहिरोले आधा दर्जन बढी घरहरूमा क्षति पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका १ कि जानकी ठगुन्ना र २ का मोहनराम पार्की बेपत्ता भएका छन् ।
खलंगास्थित दशरथनगर आधारभूत विद्यालय, दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे र मोटरवेल पुल पनि बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएका छन् । तिंकरमा सडकमा राखिएका चारवटा जिप पनि बाढीले बगाएर लगेको छ ।
बाढी र पहिरोपछि दार्चुला तिंकर सडक अवरुद्ध छ ।
बाढी र पहिरोले धनजनको क्षति पुगेपछि अहिले यी क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया