थप १०४ जना कोरोना संक्रमित
काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोनाबाट १०४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ८७ परीक्षणमध्ये एक सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज दुई सय एक कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय संक्रमितको संख्या दुई हजार तीन सय १६ पुगेको छ । आज कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट निधन हुनेको संख्या १२ हजार १४ पुगेको छ ।
पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी संक्रमितत भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् ।
होम आइसोलेशनमा दुई हजार दुई सय ३६, संस्थागत आइसोलेशनमा ८०, सघन उपचार कक्षमा १४ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरस विरुद्धको खोप आठ हजार चार सय १२ जनाले खोप लगाएका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया