NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

मस्त ग्रुपको कारोबारमा उत्साहजनक वृद्धि :  २ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । खाद्यान्न आयात र ट्रेडिङमा सक्रिय मस्त ग्रुप प्रालिको कारोबारमा उत्साहजनक वृद्धि भएको छ । कम्पनीले २०२१/२२ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स रेटिङ्स नेपालले जनाएको छ ।

२०२१ मा कम्पनीले ५० करोड ६० लाख रुपैयाँको मात्रै कारोबार गरेको थियो । कम्पनीले १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ ।

कम्पनीले १८ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी र १ अर्ब ९ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ ।

उक्त कम्पनीले चामल, गेडागुडी, मकै, गहुँ तथा अन्य खाद्यान्नको व्यापार गर्छ । कम्पनीले राजहंस तेल, रोयल भोग ब्राण्डमा खानेतेल र चामलको बिक्री गर्छ ।