मस्त ग्रुपको कारोबारमा उत्साहजनक वृद्धि : २ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । खाद्यान्न आयात र ट्रेडिङमा सक्रिय मस्त ग्रुप प्रालिको कारोबारमा उत्साहजनक वृद्धि भएको छ । कम्पनीले २०२१/२२ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स रेटिङ्स नेपालले जनाएको छ ।
२०२१ मा कम्पनीले ५० करोड ६० लाख रुपैयाँको मात्रै कारोबार गरेको थियो । कम्पनीले १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ ।
कम्पनीले १८ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी र १ अर्ब ९ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ ।
उक्त कम्पनीले चामल, गेडागुडी, मकै, गहुँ तथा अन्य खाद्यान्नको व्यापार गर्छ । कम्पनीले राजहंस तेल, रोयल भोग ब्राण्डमा खानेतेल र चामलको बिक्री गर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया