बालिकाको इज्जत लुट्ने अमल्दारको हातमा हत्कडी
काठमाडौं । नाबालिकामाथि करणी तथा यौन दुव्र्यवहारको आरोपमा एकपछि अर्का सेलिब्रेटी फन्दामा पर्ने सिलसिला जारी छ । पल शाहलाई यस्तै अभियोगमा अदालतले कैद सजाय सुनाएकै दिन क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक नाबालिकाले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छन् । उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । यस्तैमा देशको सेवा गर्ने कसम खाएर नेपाली सेनामा कार्यरत एक अमल्दार पनि नाबालिकामाथि करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
आफ्नो कर्तव्य र जिम्मेवारी भुलेर व्यभिचार पाल्दा नेपाली सेनाका अमल्दार मनबहादुर रानाको हातबाट हतियार खोसेर हत्कडी लगाइएको हो । गलकोट–११, बागलुङ, स्थायी ठेगाना भएका रानालाई बालिकामाथि बलात्कार करणी गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय, गोरखाले चुमनुब्री–३, पामोकी १४ वर्षीया बालिकालाई रानाले बलात्कार गरेको जाहेरी परेपछि नियन्त्रणमा लिइएको जनाएको छ । जाहेरीमा गत शनिबार अपराह्न ५ बजे बारीमा तरकारी टिप्न गएकी ती बालिालाई उनले करणी गरेको उल्लेख छ ।
प्रहरीका अनुसार, ती बालिकाले करणीमा परेपछि गुहार मागेकी थिइन् । त्यसपछि स्थानीयले घेरा हालेर उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।
करणीको समय उनले मदिरा सेवन गरेको बताइएको छ ।
अदालतबाट म्याद थप गरी अभियोगबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया