बालिकाको इज्जत लुट्ने अमल्दारको हातमा हत्कडी
काठमाडौं । नाबालिकामाथि करणी तथा यौन दुव्र्यवहारको आरोपमा एकपछि अर्का सेलिब्रेटी फन्दामा पर्ने सिलसिला जारी छ । पल शाहलाई यस्तै अभियोगमा अदालतले कैद सजाय सुनाएकै दिन क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक नाबालिकाले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छन् । उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । यस्तैमा देशको सेवा गर्ने कसम खाएर नेपाली सेनामा कार्यरत एक अमल्दार पनि नाबालिकामाथि करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
आफ्नो कर्तव्य र जिम्मेवारी भुलेर व्यभिचार पाल्दा नेपाली सेनाका अमल्दार मनबहादुर रानाको हातबाट हतियार खोसेर हत्कडी लगाइएको हो । गलकोट–११, बागलुङ, स्थायी ठेगाना भएका रानालाई बालिकामाथि बलात्कार करणी गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय, गोरखाले चुमनुब्री–३, पामोकी १४ वर्षीया बालिकालाई रानाले बलात्कार गरेको जाहेरी परेपछि नियन्त्रणमा लिइएको जनाएको छ । जाहेरीमा गत शनिबार अपराह्न ५ बजे बारीमा तरकारी टिप्न गएकी ती बालिालाई उनले करणी गरेको उल्लेख छ ।
प्रहरीका अनुसार, ती बालिकाले करणीमा परेपछि गुहार मागेकी थिइन् । त्यसपछि स्थानीयले घेरा हालेर उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।
करणीको समय उनले मदिरा सेवन गरेको बताइएको छ ।
अदालतबाट म्याद थप गरी अभियोगबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया