सत्तागठबन्धनमा सिट बाँडफाँट पेचिलो बन्नुका तीन कारण
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमतिसँगै २० साउनदेखि सिट बाँडफाँटको गृहकार्यमा जुटेका पाँच दल ३९ दिन बित्दा पनि निष्कर्षविहीन छन् । यसबीचमा कार्यदल र शीर्ष नेताको गरेर २२ बैठक बसेका छन् । कार्यदलमा सहमति नभएपछि राजनीतिक निर्णयमार्फत टुंग्याउन शीर्ष नेताले जिम्मा पाएका छन् ।
नयाँ पत्रिका दैनिकका अनुसार सत्तागठबन्धनमा सिट बाँडफाँट पेचिलो बन्नुमा तीन कारण बढी जिम्मेवार देखिएका छन् ।
ढिलाइका तीन कारण
सिट बाँडफाँडको निश्चित आधार तय नहुनु र दलहरूले कुल संख्या भन्दा धेरै सिटमा दाबी गरेपछि शीर्ष नेतालाई राजनीतिक सहमति जुटाउन पनि कठिन, ठूला नेताको व्यवस्थापन गर्नुपर्ने दबाब
प्रतिनिधिसभाका करिब सय सिटमा दलहरूबीच करिब सहमति, एक सय ६५ मध्ये बाँकी ६५ सिटमा कतै दोहोरो त कतै तेहेरो दाबी, ४० सिटमा दोहोरो दाबी, अन्यत्रको तुलनामा मधेस प्रदेशका सिटमा त्रिपक्षीय दाबी धेरै
तालमेलप्रति विश्वस्त रहेका शीर्ष नेता चाँडै सहमति गर्दा पार्टीहरूभित्र असन्तुष्टि बढ्ने र त्यसको लाभ विपक्षीलाई पुग्न सक्ने विषयमा सतर्क, राजनीतिक निर्णय लिएर टुंग्याउने अन्तिम समयमा टुंग्याउने विकल्प कायमै
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया