NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

रुस, चीन र भारतको सैन्य अभ्यासबारे अमेरिकाले खोल्यो मुख

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले रुस, भारत र चीनबीचको संयुक्त सैन्य अभ्यासबारे उठेका प्रश्नलाई खारेज गर्दै भारतसँग आफ्नो निकै नजिकको सैन्य सम्बन्ध रहेको बताएको छ ।

सेप्टेम्बर १ देखि ७ सम्म रुसको उत्तरपूर्वी भागमा भोस्टक मिलिटरी अभ्यास भएको थियो । जसमा भारत र चीनलगायत धेरै देशका सेना सहभागी भएका थिए ।

पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडरले पत्रकार सम्मेलनमा भने, ‘भारत एक सार्वभौम राष्ट्र हो। उनीहरूसँग सैन्य अभ्यास कोसँग गर्ने भन्ने निर्णय गर्ने अधिकार छ।’

‘हामी भारतको अन्य देशसँगको साझेदारीलाई सम्मान गर्छौं । हामी उनीहरूसँग धेरै नजिकबाट काम गर्न चाहन्छौं ।’

सञ्चारकर्मीले प्रवक्तालाई रूस र चीनसँगको सैन्य अभ्यासमा भारतको संलग्नताबारे पनि प्रश्न गरेका थिए । जवाफमा उनले भारतले चीन र रुससँग सैन्य अभ्यासमा मात्र सहभागी भएको बताए । केही मानिसहरूलाई यो चिन्ताजनक समाचार लागे पनि भारतसँग अमेरिकाको धेरै नजिकको रक्षा साझेदारी रहेको उनको भनाइ थियो ।

भारतसँगको अहिलेको सम्बन्धलाई थप बलियो बनाउन नजिकबाट काम गर्ने पनि उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष