ओलीतिर लक्षित प्रचण्डको प्रश्न : यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा पनि खोट छ ?
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संरचनागत सुधार गरेर आर्थिक विकासमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले देशलाई आत्मनिर्भरताको बाटोमा लैजान उद्योग व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
“हामी पहिला खाद्यान्नमा निर्भर थियौँ, आत्मनिर्भर मात्र नभएर निर्यात पनि गथ्र्यौं तर अहिले हामी निर्यातभन्दा आयात धेरै गर्न थालेका छौँ”, अध्यक्ष प्रचण्डले भने, “गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यही गुन्द्रुक पनि विदेशबाट ल्याउँदा उद्योग व्यवसाय फस्टाउन सकेको छैन ।”
उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । संरचनामा देखिएका विकृति र विसङ्गतिलाई सुधार गर्नका लागि आफू लागिपर्ने उनको भनाइ थियो ।
“केही पूर्वप्रधानमन्त्रीले भन्ने गरेको तपाईं हामीले सुनेका छौँ, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने साइनबोर्ड टाँग्ने, त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक केही गर्दै नगर्ने”, अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको यसअघिको अभिव्यक्तिप्रति लक्षित गर्दै भने, “के कारणले यो भइराखेको छ ? यो व्यक्तिको मात्रै दोष हो कि, यो प्रणालीमा कहीँ खोट छ ? हामी सबैले विचार गर्नुपर्ने विषय हो ।”
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया