NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

५६ अर्ब १० करोडको थप धितोपत्र सूचीकृत

काठमाडाैं । चालु आर्थिक वर्षको साउनमा कुल ५६ अर्ब १० करोड रूपैयाँ बराबरको थप धितोपत्र नेप्सेमा सूचीकृत भएका  सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ३५ अर्ब बराबरको विकास ऋणपत्र, ८ अर्ब ११ करोड बराबरको बोनस शेयर, ५ अर्ब ७४ करोड बराबरको डिबेन्चर, ४ अर्ब ७८ करोड बराबरको साधारण शेयर, २ अर्ब २४ करोड बराबरकोम्युचुअल फण्ड र२३ करोड बराबरको हकप्रद शेयर गरी कुल ५६ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

त्यस्तै साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण २९१४ अर्ब ६८ करोड कायम भएको छ । २०७८ साउन मसान्तमा बजार पुँजीकरण ४४१४ अर्ब ११ करोड रहेको थियो । साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २३५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ५३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६६.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११.२ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ४.२ प्रतिशत, होटेलको १.६ प्रतिशत, व्यापारिक संस्थाको ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.७ प्रतिशत रहेको छ ।

नेप्सेमा २०७९ साउनसम्ममा सूचीकृत ६ अर्ब ७४ करोड शेयरको चुक्ता मूल्य रु.६६४ अर्ब ७१ करोड रहेको छ ।