शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने सरल उपाय यस्ता

हाम्रो शरीरमा रोग लाग्न नदिन प्रतिरोधी क्षमता आवश्यक हुन्छ । यदि, तपाईँमा प्रतिरोधी क्षमता छ भने रोग लागिहालेमा पनि त्यससँग लड्न सहयोग पुर्याउँछ । यसर्थ, रोग प्रतिरोधी क्षमता बढाउन एकदमै आवश्यक छ । अब जानौं सरल उपाय :
-घरमा बनाएको ताजा र पोषिलो खानेकुरा खाने बानीको विकास गरौँ ।
-हरियो सागसब्जी, फलफूल, दूध र गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ ।
-भिटामिन सी, बी ६, ई, जिनलगायत पोषण प्राप्त हुने खाना सेवन गरौँ ।
-खेल्ने बानी बसालौँ । नियमित व्यायाम, योग र हाइकिङ गरौँ ।
-भिटामिन डी प्राप्त गर्न बिहानको घाममा बसौँ ।
-फोक्सोको कार्यक्षमता वृद्धिका लागि नियमित अनुलोमविलोम गरौँ ।
-चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ ।
-बिहान र बेलुका नियमित एकएक चम्चा घ्यू खाने गरौँ ।
-लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वाङ, सुकमेल, अलैँची, जाइफल, ज्वानोजस्ता मसलासहितको खाना खाने गरौँ ।
-भिटामिन सी पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
-पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिँचाइ गरौँ ।
-मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
-दिल खोलेर हाँस्ने गरौँ ।
-दूध र चिनी नहालेको चिया वा कफी नियमित सेवन गरौँ ।
-ब्रोकाउली तथा च्याउ नियमित खाने गरौँ ।
-सरसफाइमा अल्छी नगरौँ ।
-निद्रा पुग्नेगरी पर्याप्त सुत्ने गरौँ ।
(जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेसँगको कुराकानीमा आधारित ।)
प्रतिक्रिया