पूर्वी युक्रेनमा शक्तिशाली विस्फोट, १३ को मृत्यु
काठमाडौं (एजेन्सी) । पूर्वी युक्रेनी सहर डोनेट्स्कमा श्रृंखलाबद्ध विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । यी क्षेत्रहरू रुसी समर्थित विद्रोहीको नियन्त्रणमा छन्।
रुस समर्थित मेयरले आक्रमणको लागि युक्रेनलाई दोष दिएका छन्।
एलेक्सी कुलेमजिनले युक्रेनको गोलाबारीका कारण मृत्यु भएको बताए । तर, अहिलेसम्म युक्रेनबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन ।
डोनेट्स्कमा सन् २०१४ देखि रुस समर्थित विद्रोहीले कब्जा जमाएको छ ।
उनले युक्रेनी सेनाले लगातार उत्पीडन गरिरहेको आरोप लगाएका छन् ।
यस क्षेत्रमा भएका घटनाक्रम र दावीहरूको स्वतन्त्र अनुसन्धान गर्न अलि गाह्रो छ। स्थानीय अधिकारीहरूका अनुसार डोनेट्स्कको कुइबिशेभस्की जिल्लामा १५० एमएमको नौ गोला प्रहार गरिएको थियो। यो हमला सहरको पश्चिमी क्षेत्रको एउटा गाउँबाट गरिएको हो ।
स्थानीय नेता डेनिस पुशिलिनले युक्रेनले जानाजानी बस स्टप, पसल र बैंकमा सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएका छन्।
रुसी सेनाले फेब्रुअरीमा सुरु लडाइँपछि दक्षिणको डोनेस्क क्षेत्र कब्जा गरेको थियो, तर शहरको बाहिरी भागबाट युक्रेनी सेनाहरूलाई पछाडि धकेल्न संघर्ष गरिरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया