NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

बागडोलको कवाडी गोदाममा भएको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको बागडोलस्थित एउटा कागजको कवाडी गोदाममा आगलागी भएको छ । बागडोल–३ मा रहेको प्रकाश खत्रीको जग्गामा भाडामा रहेको बच्चा साहको कवाडी गोदाममा करेन्ट सर्ट मध्यान्ह १२ः५५ बजे आगलागी भएको हो ।

आगलागीको सूचना प्राप्त भएपश्चात जिल्ला प्रहरी परिसर ललितपुरबाट प्रहरी नायक उपरीक्षक (प्रनाऊ)मनोज लामाको कमाण्डमा परिचालन भएको टोलीको प्रयासबाट १४ः०५ मा आगलागी नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।

आगलागीमा परेर तीनजना घाइते भएका छन् । घाइतेहरूको तत्काल उद्धार गरी स्टार अस्पताल सानेपामा लगी उपचार भइरहेको बताइएको छ ।

घाइते हुनेहरूमा भारत घर भएका वर्ष ६५ का शिवनारायण पोदार, वर्ष ४५ का भारतकै रामआशिष साह तथा चितवन घर भएका वर्ष ३० का गणेश गुरुङ रहेका छन् ।

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

आगलागी नियन्त्रणका लागि प्रनाऊको कमाण्डमा ९० जना नेपाल प्रहरी, २५ जना नेपाली सेना, २० जना सशस्त्र प्रहरी बल, ४० जना ललितपुर महानगरपालिका प्रहरीसहितको जनशक्ति परिचालन गरिएको थियो ।

साथै, ललितपुर महानगरका दुई र काठमाडौं र भक्तपुरका एक-एक दमकल तथा पाँचवटा पानीका ट्यांकर प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष