जसले दीपिकादेखि आलियालाई सारी लगाइदिएरै कमाउँछिन् दुई लाख
एजेन्सी । सारी लगाइदिने पनि कुनै काम हो ? सबैलाई यही लाग्न सक्छ । भारतकी डली जैन भने बलिउड सेलिब्रेटीहरूलाई सारी लगाइदएरै आठ हजारदेखि दुई लाख रूपैयाँसम्म कमाइ गर्छिन् ।
कुनै समय आफैं सारी लगाउन मन नगर्ने डलीले बलिउड सुपरस्टार दिवंगत श्रीदेवीको आग्रहमा सारी लगाउने कामलाई आफ्नो ‘प्रोफेसन’ बनाइन् । आज उनी बलिउडका सबै अभिनेत्रीको रोजाइमा पर्छिन् ।

उनी हिजोआज एउटा सारी लगाइदिएबापत आठ हजारदेखि दुई लाख रूपैयाँसम्म लिने गर्छिन् ।
डलीको क्लाइन्ट सूचीमा दीपिका पादुकोणदेखि आलिया भट्टसम्म छन् । अम्बानीको घरमा हुने विवाह समारोहमा फिल्म स्टारदेखि दुलहीलाई सारी लगाइदिने जिम्म डलीकै हुन्छ ।
उनी आफूलाई तीन सय २५ तरिकाले सारी लगाउन आउने बताउँछिन् । उनले यसमा विश्व किर्तिमानी पनि कायम गरेकी छिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया