विश्वकपको दाबेदार मानिएको इंग्ल्याण्ड नेसन्स लिगको रेलिगेसनमा
काठमाडौं । इंग्ल्याण्ड युइएफए नेसन्स लिग फुटबलको रेलिगेसनमा परेको छ ।
गएराति भएको खेलमा इटालीसँग १-० ले पराजित हुँदै इंग्ल्याण्ड रेलिगेसनमा परेको हो । इंग्ल्याण्ड लिग एबाट बीमा झरेको छ ।
घरेलु टोलीको जितमा जियाकोमा रास्पाडोरी नायक बने । उनले ६८ औँ मिनेटमा गोल नै निर्णायक बनेको हो ।
यस जितसँगै लिग एको समूह ३ मा रहेको इटाली पाँच खेलमा आठ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
यस्तै, जर्मनीलाई घरमै स्तब्ध बनाएको हंगेरीले पाँच खेलबाट १० अंक जोडेको छ । हंगेरी लिगको शीर्ष स्थानमा छ ।
जर्मनी मात्र ६ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।
रेलिगेसनमा परेको इंग्ल्याण्डले पाँच खेलबाट दुई अंकमात्र जोडेको छ । इंग्ल्याड जितविहीन छ ।
विश्वकप आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा दाबेदारमध्येको एक इंग्ल्याण्डको रेलिगेसनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेसन्स लिग छुट्टै प्रतियोगिता हो । यद्यपि, अहिलेको नेसन्स लिगका खेल विश्वकपको तयारीस्वरुप खेलिएका हुन् ।
खराब बन्दै जर्मनीको विश्वकप तयारी, तुलनात्मक कमजोर टोलीसँग घरमै स्तब्ध
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया