शेखर पक्षका नेताहरूले देउवालाई भने : समानुपातिक सूची सच्याऊ
काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्द सूचीप्रति असन्तुष्टि जनाएको छ ।
शुक्रबार काठमाडौंमा भएको आफ्नो पक्षको भेलामा नेताहरूले सभापति शेरबहादुर देउवा पक्षले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची एकपक्षीय बनाएको भन्दै त्यसलाई सच्याउन उनलाई खबरदारी गरेका हुन् ।
नेता गुरुराज घिमिरेले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँगै गठबन्धनका नेताहरूको समेत आलोचना गरे ।
सभापति देउवाले एकपक्षीय रुपमा जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने उनले बताए ।
‘पार्टीमा न्यायोचित रुपमा टिकट वितरण नगर्ने हो भने हामीलाई ४० प्रतिशत भाग चाहिन्छ,’ घिमिरेले भने ।
उनले सत्तारुढ गठबन्धनको बैठकमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताउँदै पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर पक्षका पदाधिकारी र नेताहरूलाई खुट्टा नकमाउन आग्रह गरे ।
भेलामा नुवाकोटका पूर्वसभापति जगदीश्वर नगरसिंह केसी, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यलगायतले सभापति देउवाले पार्टीका लागिभन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाए ।
बानेश्वरमा आज किन भेला हुँदैछन् शेखर पक्षका नेता–कार्यकर्ता ?
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया