बंगलादेशविरुद्ध उत्रने नेपालको सुरुवाती ११ यस्तो छ
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बंगलदेशविरुद्ध उत्रने सुरुवाती ११ घोषणा गरेका छन् ।
गोलरक्षक किरण चेम्जोङको कप्तानीमा उनले नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् ।
रक्षकमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल रहेका छन् ।
यस्तै, मध्यपंक्तिमा तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई र सुजल श्रेष्ठ छन् ।
यसैगरी, अग्रपंतिमा विमल घर्तीमगर र अञ्जन विष्ट रहेका छन् ।
नेपाल र बंगलादेशबीचको खेल काठमाडौंको दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया