कार्कीलाई अवकाशपछि पनि पूर्वप्रधानन्यायाधीश सरहकै सुविधा
काठमाडौं । सरकारले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई अवकाशपछि पनि पूर्वप्रधानन्यायाधीश सरहकै सुविधा दिने निर्णय गरेको छ ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले ६ महिनाभन्दा बढी अवधि कामू प्रधानन्यायाधीश भएका न्यायाधीशलाई गाडी र सवारीचालकको सुविधा दिने निर्णय गरेको हो एक मन्त्रीले बताए ।
कार्की १ फागुन २०७८ मा कामू प्रधानन्यायाधीश भएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव आएपछि उनलाई कामू प्रधानन्यायाधीश बनताइएको थियो ।
कार्कीले ६५ वर्षे उमेर हदका कारण १६ असोजमा अवकाश पाउँदैछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया