पहिलो खेलमा नै सहज जित निकालेपछि प्रशिक्षक हुमागाईँले के भने ?
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले आफ्नो पहिले खेलमा नै सहज जित दिलाएपछि खुसी व्यक्त गरेका छन् ।
आफू नेतृत्वको नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको केही क्षणपछि सामाजिक सञ्जालमार्फत उनले जितको खुसी मनाएका हुन् ।
प्रशिक्षक हुमागाईँले जितको श्रेय खेलाडीहरूलाई दिँदै समर्थकलाई जित समर्पण गरेका छन् ।
उनले नेपाली दर्शकलाई दशैंको शुभकामना पनि दिएका छन् ।
‘खेलाडीलाई सलाम छ । नेपाली फुटबल समर्थकलाई दशैंको शुभकामना । यो जित तपाईँहरूका लागि हो,’ उनले फेसबुकमा लेखेका छन् ।
तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि करिब दुई महिनाअघि हुमागाईँलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरिएको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया