पहिलो खेलमा नै सहज जित निकालेपछि प्रशिक्षक हुमागाईँले के भने ?
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले आफ्नो पहिले खेलमा नै सहज जित दिलाएपछि खुसी व्यक्त गरेका छन् ।
आफू नेतृत्वको नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको केही क्षणपछि सामाजिक सञ्जालमार्फत उनले जितको खुसी मनाएका हुन् ।
प्रशिक्षक हुमागाईँले जितको श्रेय खेलाडीहरूलाई दिँदै समर्थकलाई जित समर्पण गरेका छन् ।
उनले नेपाली दर्शकलाई दशैंको शुभकामना पनि दिएका छन् ।
‘खेलाडीलाई सलाम छ । नेपाली फुटबल समर्थकलाई दशैंको शुभकामना । यो जित तपाईँहरूका लागि हो,’ उनले फेसबुकमा लेखेका छन् ।
तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि करिब दुई महिनाअघि हुमागाईँलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया