अमेरिकी डलरको भाउ घट्यो
काठमाडाैं । निरन्तर उच्च मूल्य कायम भइरहेको डलरको भाउ बुधबार सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी एक डलरको भाउ खरिददर १३० रूपैयाँ २४ पैसा र बिक्रीदर १३० रूपैयाँ ८४ पैसा कायम भएको छ ।
मंगलबार अमेरिकी डलरको भाउ खरिददर एक सय ३० रुपैयाँ ३० पैसा यस्तै बिक्री दर एक सय ३० रुपैयाँ ९० पैसा तोकिएको थियो । जुन हालसम्मकै उच्च थियो ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिदर ८४ रूपैयाँ ५६ पैसा कायम भएको छ । यसको बिक्रीदर ८४ रुपैयाँ ९५ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ २३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६६ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९० रुपैयाँ ७४ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९१ रुपैयाँ १६ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ०२ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया