कांग्रेस केन्द्रीय कार्यालयमा शेखर पक्षको धर्ना

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ ।
टिकट वितरणमा अन्याय भएको भन्दै कोइराला पक्षका नेता–कार्यकर्ता पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका छन् ।
धर्ना एक घण्टासम्म चल्ने बताइएको छ ।
आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपालितक तर्फको बन्द सूचीमा आफू पक्षकाको नाम कम समावेश गरिएको भन्दै कोइराला पक्ष असन्तुष्ट छ ।
धर्नामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरू छन् ।
धर्नामा कोइराला र उनी पक्षका शीर्ष नेताहरू भने सहभागी छैनन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया