कांग्रेस केन्द्रीय कार्यालयमा शेखर पक्षको धर्ना
काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ ।
टिकट वितरणमा अन्याय भएको भन्दै कोइराला पक्षका नेता–कार्यकर्ता पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका छन् ।
धर्ना एक घण्टासम्म चल्ने बताइएको छ ।
आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपालितक तर्फको बन्द सूचीमा आफू पक्षकाको नाम कम समावेश गरिएको भन्दै कोइराला पक्ष असन्तुष्ट छ ।
धर्नामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरू छन् ।
धर्नामा कोइराला र उनी पक्षका शीर्ष नेताहरू भने सहभागी छैनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया