NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अमेरिकी डलरको भाउ १३१ रूपैयाँ ४१ पैसा

काठमाडौं । निरन्तर उच्च मूल्य कायम भइरहेको डलरको भाउ बुधबार घटेपनि बिहीबार पुन : बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी एक डलरको भाउ खरिददर १३० रूपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रूपैयाँ ४१ पैसा कायम भएको छ ।

बुधबार अमेरिकी एक डलरको भाउ १३० रूपैयाँ २४ पैसा र बिक्रीदर १३० रूपैयाँ ८४ पैसा कायम भएको थियो ।

मंगलबार अमेरिकी डलरको भाउ खरिददर एक सय ३० रुपैयाँ ३० पैसा यस्तै बिक्री दर एक सय ३० रुपैयाँ ९० पैसा तोकिएको थियो । जुन हालसम्मकै उच्च थियो ।

त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिदर ८३ रूपैयाँ ९१ पैसा कायम भएको छ । यसको बिक्रीदर ८४ रुपैयाँ ३० पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ २३ पैसा कायम छ ।

सिंगापुर डलर एकको खरिददर ९० रुपैयाँ ४५ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९० रुपैयाँ ८७ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ०४ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ८ पैसा कायम भएको छ ।