एकै दिन ४३ सवारीसाधन कारबाहीमा
दैलेख । दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन् ।
दसैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाईसमेत प्रहरी टोलीले सतर्क गराएको छ ।
प्रहरी प्रमुखसहित आठ जनाको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गरेको थियो भने माथिल्लो डुङ्गेश्वर, तल्लो डुङ्गेश्वर, दैलेख, सुर्खेत सडकखण्डको जिरो प्वाइन्ट दुल्लु, राकम कर्णाली राजमार्ग, रानीमत्ता, पाल्तडाका बिभिन्न मातहतका प्रहरी चौकीमार्फत जिल्लाभर सवारी जाँच गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए ।
यस्तै दसैँ नजिकिएसँगै देश–विदेशबाट जिल्ला फर्कने क्रम बढिरहेको छ । दैलेख जिल्लाको समग्र लगेको छ। जिल्लाको आठबिस नगरपालिका, गुराँस, प्रहरी चौकी तल्लो डङ्गेश्वर, प्रहरी चौकी बेस्तडा नारायण नगरपालिकालगायत १० स्थानमा यात्रु सहायता केन्द्र स्थापना गरिएको छ ।
यात्रुहरुका समस्या समाधानसँगै चाडबाडका बेलामा आइपर्ने अन्य समस्या समाधानका लागि यात्रुकक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया