यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी एक डलरको भाउ खरिददर १३० रूपैयाँ ६८ पैसा र बिक्रीदर १३१ रूपैयाँ २८ पैसा रहेको छ ।
बिहीबार अमेरिकी एक डलरको भाउ खरिददर १३० रूपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रूपैयाँ ४१ पैसा कायम भएको थियो ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिदर ८४ रूपैयाँ ४८ पैसा कायम भएको छ । यसको बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४० पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९० रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९१रुपैयाँ २८ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ०३ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ०७ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया