फोहर फाल्न स्थान पहिचानको काम गदैँ काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ ।
सबै किसिमका फोहर बञ्चरेडाँडा पु-याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ ।
बञ्चरेडाँडामा हानीकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अध्ययास सुरु गरेको हो । कामपा प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ । बीचमा केही अवरोध नआए आगामी मङ्सिरदेखि उक्त कामको थालनी हुने छ ।
त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ ।’ फोहर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने छ । हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ ।
यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ ।
अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ । हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ । यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया