झापामा आगलागी, १७ लाखको क्षति
झापा । मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले खाना पकाउने एलपी ग्यास चुहिएर आगलागी हुँदा दशैँको मुखमा पीडित परिवार बिचल्लीमा परेको बताए । आगलागीमा एक तलामा भएको चारकोठे पक्की घरभित्रका सबै सरसामान जलेर नष्ट भएका छन् ।
आगो निभाउन खोज्दा घरधनी राजवंशी घाइते हुनुभएको छ । आगलागी भएको घरको भुइँतलामा पसल थियो भने घरभित्र रहेको मोटरसाइकल, फ्रिज, लत्ताकपडा, फर्निचर, भाँडावर्तन र खाद्यान्न डढेर नष्ट भएको प्रनाउ महतोले जानकारी दिए ।
मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो निभाएका कारण थप क्षति हुन पाएन । घटना लगत्तै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडाध्यक्ष ललित तामाङ आगलागीस्थल पुगेर पीडित परिवारलाई राहतको आश्वासन दिएको उपप्रमुखका स्वकीय सचिव लक्ष्मी उप्रेतीले जानकारी दिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया