इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले रोजे माओवादी केन्द्र
काठमाडौं । सुनसरीको इटहरी उप–महानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरु आइतबार बिहान पार्टी प्रवेश गरेका हुन् । चौधरीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा चौधरीेले २२ हजार ६८९ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रोहितप्रसाद प्रसाईंले १९ हजार ९८५ मत पाएका थिए ।
चौधरी २०४१ सालदेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष भएका थिए । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले मेयरको उम्मेदवार नबनाएपछि उनी असन्तुष्ट रहँदै आएका थिए । पदमा रहँदा मिडियामाथि उनको कडा प्रस्तुतिका कारण चर्चामा आएका थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया