इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले रोजे माओवादी केन्द्र
काठमाडौं । सुनसरीको इटहरी उप–महानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरु आइतबार बिहान पार्टी प्रवेश गरेका हुन् । चौधरीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा चौधरीेले २२ हजार ६८९ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रोहितप्रसाद प्रसाईंले १९ हजार ९८५ मत पाएका थिए ।
चौधरी २०४१ सालदेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष भएका थिए । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले मेयरको उम्मेदवार नबनाएपछि उनी असन्तुष्ट रहँदै आएका थिए । पदमा रहँदा मिडियामाथि उनको कडा प्रस्तुतिका कारण चर्चामा आएका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया