मिलन पाण्डे काठमाडौं ९ बाटै चुनाव लड्ने
काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे काठमाडौं क्षेत्र नंबर ९ बाट चुनाव लड्ने भएका छन् । यसअघिको निर्वाचनमा पनि उनी सोही क्षेत्रमा आफ्नो उम्मेदवारी दिएका थिए ।
आफ्नो आधिकारिक फेसबुकमार्फत स्टाटस जारी गर्दै उनले यसबारे जानकारी गराएका हुन् । संसदमा उनले शिक्षा, स्वास्थ्य र युवा रोजगारीका विषयलाई उठाउने बताएका छन् ।
अहिलेकै संविधानलाई सुधार गर्दै नागरिकको अवस्था सुधारमा ध्यान दिने विषयलाई मूल मुद्दाको रूपमा उनले अघि सारेका छन् । यसवाहेक पार्टीका स्पष्ट एनेण्डा छिट्टै सार्वजनिक गर्ने उनको आश्वासन छ ।
विभिन्न शैक्षिक संस्थामा रहेर दश वर्ष काम गरेको हुनाले आफूलाई शिक्षा सुधारमा विशेष रूचि भएको पाण्डेको भनाई छ । यही अनुभवको आधारमा हरेक नागरिकको निःशुल्क र गुणस्तरीय शिक्षामा आफ्नो सधैं वकालत रहने उनको दाबी छ ।
०७४ को निर्वाचनमा पहिलोपटक काठमाडौं क्षेत्र नंबर ९ बाटै प्रतिनिधिसभाको उम्मेदवार बनेका उनले करिब पाँच हजार मत प्राप्त गरेका थिए ।
वि सं २०७० मा विवेकशील नेपालीको संस्थापक सदस्यको रूपमा पाण्डेको राजनीतिक यात्रा सुरू भएको हो । त्यसको ६ वर्ष पछि पार्टी अध्यक्ष निर्वाचित भएका उनी ०७७ मा विवेकशील र साझा पार्टी एक भएपछि पार्टी संयोजक भएका थिए ।
काठमाडौं क्षेत्र नंबर ९ मा गठबन्धनबाट कल्पना धमलाले उम्मेदवारी दिएकी छन् भने एमालेबाट कृष्ण गोपाल श्रेष्ठ उम्मेदवारी दिएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया