‘जाहेरवाला नाबालिग होइनन्’
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् ।
जिल्ला अदालत, काठमाडौंमा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोध्दा उनले सो दाबी गरेका हुन् । बलात्कारको आरोप लागेको लामो समयपछि उनी २० असोजमा पक्राउ परेका थिए । क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो ।
इजलासमा न्यायाधीशसमक्ष सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेकाको अधिवक्ता सरोजकृष्णले बताए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएको पनि उनको भनाइ छ ।
अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् ।
अधिवक्ता रिजालले पीडित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा नाबालिग नदेखिएको बताइन् । उनले त्यसलाइ प्रमाणित गर्ने डकुमेन्ट पनि पाइसकेको दाबी गरेकी छिन् ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्यमा वृद्धि
-
स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’
-
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट


प्रतिक्रिया