कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

काठमाडौं । शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसन आवेदन फाराम वितरण गरिसक्नुपर्नेछ । आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ ।
वार्षिक तालिकाअनुसार कक्षा ११ र १२ दुवैको परीक्षा वैशाखमा सञ्चालन हुनेछ । परीक्षा तालिका भने ०७९ माघ मसान्तभित्र सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया