NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

अवस्था ठिक नभएका २५ सवारी साधन कारवाहीमा

भक्तपुर । भक्तपुरको जगातीमा  मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माईक्रोबस,भ्यान र टाटासुमो लगायतका २५ ओटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ  ।  १६ ओटालाई प्रहरीले नियन्त्रणमा  लिएको छ ।

हिजो दिउँसो तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा  गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका,लाईटहरु नभएका र टायर धेरै  घिसिएका लगायत अवस्था ठिक नभएका २५ओटा सवारी साधनलाई कारवाही गरिएको र १६ ओटालाई नियन्त्रणमा  लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।  नियन्त्रणमा लिएका १६ ओटा सवारी साधनलाई आवश्यक  कारवाहीको लागी यातायात व्यवस्था विभाग सवारी परिक्षण कार्यालय टेकु पठाईएको छ । हिजो चेकिङमा १ सय १५ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगाती क्षेत्रमा खटिएको थियो ।

अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गते देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिदै आएको छ । सम्पुर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकहरुले आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर मात्र चलाउनुहुन काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष