NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

भारतले टुक्रेको चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडाैं । भारत सरकारले टुक्रेको चामल निर्यातमा लगाएको प्रतिबन्ध अचानक हटाएको छ । भारतले ८ सेम्टेम्बरमा टुक्रेको चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

हिन्दी समाचारमा जनाइएअनुसार भारतको केन्द्रीय सरकारले सेप्टेम्बर ८ अघि जारी गरिएको ऋण पत्र द्वारा समर्थित ३ लाख ९७ हजार २६७ टन टुक्रेको चामल ढुवानी गर्न अनुमति दिनेछ ।

भारतको धेरैजसो राज्यमा औसतभन्दा कम वर्षा भएकाले धानको क्षेत्रफल घटेको र नागरिकलाई चामलको अभाव नहोस् भनेर सरकारले आन्तरिक आपूर्ति बढाउन ब्रोकन राइस (टुक्रेको चामल) निर्यातमा प्रतिबन्ध लगाएका थिए । साथै अन्य चामलमा भने भारतले २० प्रतिशतसम्म कर लगाएका थिए ।

भारत सरकारको यो कदमले करिब १० लाख टन चामाल अट्किएको रोर्यटर्सको रिर्पोटमा जनाएको छ । चामल निर्यातमा भारत सरकारले प्रतिबन्ध खुला गरेसँगै व्यापारीलाई फाइदा पुग्ने देखिन्छ भने नेपाललाइ समेत फाइदा हुने छ ।

विश्वका विभिन्न मूलुकमध्ये भारत सबैभन्दा धेरै चामल निर्यात गर्ने मूलुक हो । भारतले १५० भन्दा बढी देशमा चामल निर्यात गर्छ ।