बाढीले पुल भत्किदा हुलाकी सडकखण्ड अवरुद्ध
बाँके । पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्डअन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह वृद्धि भएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको छ भने यात्रु चिसापानी भएर यात्रा गर्न बाध्य भएका छन् । बाटो अवरुद्ध हुँदा तीन दिनदेखि ठूला तथा साना सवारीसाधान आवातजावत पूर्णरूपमा बन्द छ ।
बवई नदीको जब्दीघाटको पुल बाढीले बगाउँदा गुलरिया सदरमुकाम र बारबर्दिया नगरपालिकाका स्थानीयवासीको आउजाउ बन्द भएको छ । ग्याङ नदीमाथि रहेको झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ ।
उक्त पुल बगाउँदा बारबर्दिया नगरपालिका र गुलरिया सदरमुकाम जाउजाउमा समस्या भएको स्थानीय विक्रम चौधरीले बताए । उक्त पुल पप्पु कन्स्ट्रशनले निर्माण गरेको हो । यसअघि सो पुल हस्तान्तरण नहुँदै २०७१ सालमा बबईको बाढीले भत्काएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया