बागीमाथि माओवादीकाे अल्टिमेटम : साँझसम्म उम्मेदवारी फिर्ता नलिए निस्कासन गर्छौं

काठमाडौं । माओवादी केन्द्रले गठबन्धनाका साझा उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारलाई सोमबारसम्म उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने भएको छ ।
माओवादीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीबाट बागी उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन साँझसम्मको अल्टिमेटम दिएको हो ।
‘गठबन्धनका आधिकारीक उम्मेदवारी दिएका सम्पूर्ण नेता तथा तीनका समर्थक र प्रस्तावकलाई आज साँझसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गर्दछौं । पार्टीको निर्देशन अवज्ञा गरेमा साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिनेछ’, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको नेतृत्वमा चाल दलले साझा उम्मेदवार बनाएर चु्नावी प्रतिस्पर्धा गरेका उनीहरू बागी उम्मेदवारका कारण अप्ठ्यारोमा परेका छन् । यसअघि गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवार उठेका कांग्रेसका नेताहरूलाई पाँच वर्षसम्म साधरण सदस्यसमेत नरहने गरी कारवाही गरेको यियो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया