महाकाली नदीमा अवैधरुपमा बालुवा उत्खनन बढ्दै

बैतडी । बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन भइरहेको पाइएको छ । दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो ।
महाकालीबाट अवैधरूपमा बालुवा ल्याउँदै गरेको ट्रयाक्टर प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको ट्रयाक्टर दशरथचन्द नगरपालिका–८ त्रिपुराबाट नियन्त्रणमा लिइएको हो ।
से २ त २९३७ नम्बरको ट्रयाक्टरमा बालुवा ल्याउँदै गरेको अवस्थामा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले फेला पारेको थियो । सोधपुछ गर्दा महाकालीबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
चालकलाई सामान्य सोधपुछ पछि छोडिएको छ । ट्रयाक्टर धनीलाइ बोलाएर बालुवा उत्खननका विषयमा सोधपुछ गरेर आवश्यक कारवाही हुने प्रहरीले जनाएको छ । महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा तथा अन्य नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया