महाकाली नदीमा अवैधरुपमा बालुवा उत्खनन बढ्दै
बैतडी । बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन भइरहेको पाइएको छ । दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो ।
महाकालीबाट अवैधरूपमा बालुवा ल्याउँदै गरेको ट्रयाक्टर प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको ट्रयाक्टर दशरथचन्द नगरपालिका–८ त्रिपुराबाट नियन्त्रणमा लिइएको हो ।
से २ त २९३७ नम्बरको ट्रयाक्टरमा बालुवा ल्याउँदै गरेको अवस्थामा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले फेला पारेको थियो । सोधपुछ गर्दा महाकालीबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
चालकलाई सामान्य सोधपुछ पछि छोडिएको छ । ट्रयाक्टर धनीलाइ बोलाएर बालुवा उत्खननका विषयमा सोधपुछ गरेर आवश्यक कारवाही हुने प्रहरीले जनाएको छ । महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा तथा अन्य नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया