माओवादीका बागीले टेरेनन्, उम्मेदवारी फिर्ता लिने म्याद थपियो
काठमाडौं । माओवादी केन्द्रले उम्मदेवारी फिर्ता लिन बागीलाई दिएको समय सीमाभित्र आधिकारीक रुपमा कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।
गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका बागीलाई सोमबार साँझसम्म उम्मेदावारी फिर्ता लिन माओवादी केन्द्रले निर्देशन दिएको थियो ।
पार्टीको निर्देशन अटेर गर्ने बागी, तीनका प्रस्तावक र समर्थकलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने चेतावनी दिएको थियो । माओवादीले ललितपुर, सप्तरी, कास्कीलगायत निर्वाचन क्षेत्रमा गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका छन् । तर १२ घण्टे अल्टिमेटमभित्र कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले कात्तिक ४ गतेसम्म समयसीमा बढाएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
‘माओवादीबाट बागी उम्मेदवार धेरै छैन । तीमध्ये केहीले उम्मेदवारी फिर्ता लिएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् तर आधिकारिक रुपमा कसैले पनि उम्मेदवारी फिर्ता लिएको जानकारी आएको छैन’, उनले भने, ‘पार्टीले पनि उम्मेदवारी फिर्ता लिने समयसीमा कात्तिक ४ सम्म बढाएको छ । त्यतिबेलासम्म सबैले आफ्नो उम्मेदवारी फिर्ता लिन्छन् होला ।’
थप भएको समयभित्र पनि उम्मेदवारी फिर्ता नलिने बागी, तीनका प्रस्तावक र समर्थकलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारवाही गर्नेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया