NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

यस्तो छ आजको विदेशी मुद्रा विनिमय

काठमाडौं । मंगलबार अमेरीकी डलर एकको खरिददर १३१ रूपैयाँ ४७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिददर भने १२८ रुपैयाँ २२ पैसामा कारोबार भइरहेको छ ।

यसको बिक्रीदर १२८ रुपैयाँ ८१ पैसा पुगेको छ। अष्ट्रेलियन डलर एकको खरिददर आज ८२ रुपैयाँ १५ पैसा पुगेको छ । यसको बिक्रीदर ८२ रुपैयाँ ५२ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ १९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६२ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०३ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली ८ रुपैयाँ ८३पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।